मलेसियाका पूर्व प्रधानमन्त्री विरुद्धको सुनुवाई अर्को साता
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १९:३२:४०
क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध भ्रष्टाचारको मुद्दामाथि अर्को साता अदालतमा सुनुवाई हुने भएको छ । उहाँ विरुद्ध अदालतमा ठूलो वित्तीय अपराधसम्बन्धी मुद्दा विचाराधीन छ ।
रजाकमाथि मलेसियाको वान–एमडीबी कोषबाट जथाभावी रकम लिएको आरोप छ । रजाकको राजनीतिक जीवनमै सङ्कट निम्त्याएको यस कोषबाट उनले अर्बौं डलर दुरुपयोग गरेको पाइएको सरकारको भनाई छ ।
रजाकमाथि लागेका आरोप सम्बन्धमा अदालतमा सुनुवाई नभएको भन्दै सरकारको आलोचना पनि हुन थालेको थियो । तर सरकारी अभियोजनकर्ताले बुधबारदेखि नै मुद्दाको सुनुवाई हुने जनाएका छन् ।
गत वर्ष मे महिनामा सम्पन्न चुनावमा यही भ्रष्टाचार काण्डका कारण नजिबको गठबन्धन नराम्रोसँग पराजित भएको थियो । चुनावमा पराजित भएसँगै नजिबमाथि सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोपमा दर्जनौं मुद्दा दायर गरिएका छन् ।
तर नजिबले सरकारले लगाएका सबै आरोपको खण्डन गरेका छन् । अर्को साता नजिबमाथि एसआरसी इन्टरनेसनलबाट करिब एक करोड ३ लाख डलर लिएको आरोप सम्बन्धमा सुनुवाई हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार