आईपीएल : चेन्नई मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १२:५:२१
एजेन्सी । साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा पहिलो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । यो हारसंगै लिगमा चेन्नईको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।
मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको १७१ रनको लक्ष्य पछाएको चेन्नईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि केदार जादबले अर्धशतकीय इनिङ्स खेल्दै ५८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सुरेश रैनाले १६ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए । शार्दुल ठाकुर १२ रन मै अविजित रहे ।
मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले ३र३ विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए ।
चेन्नईका दिपक चाहर, रोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए । यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई छैटौं स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ । चेन्नई दोस्रो स्थानमा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार