हावाहुरी प्रभावित क्षेत्रमा राहत र निःशुल्क स्वास्थ्य शिविर संचालन (फाेटाेफिचर)
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १३:२५:२१
बारा । बाराका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी श्रीमती संघले बुधबार राहत वितरण गरेको छ । संघकी अध्यक्ष प्रमिला खनाल तथा संघका पदाधिकारीहरुले हावाहुरीबाट प्रभावीत बाराको फेटा गाउँपालिका–६ पुरहनिया, सोही गाउँपालिका–१ भर्वलिया तथा प्रसौनी गाउँपालिका–४ खुटवा लगायतका स्थानमा त्रिपाल, खाद्यान्न, सरसफाईका सामान लगायत अन्य राहत सामाग्री वितरण गरेका हुन् ।
निःशुल्क स्वास्थ्य शिविर संचालन
यसैबीच, बाराको हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले बुधबार निःशुल्क स्वास्थ्यशिविर संचालन गरेको छ ।
बारा फेटा गाउँपालिका–१ भर्वलियामा हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा २ सय ३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्याथएको छ । सो टोलीले मंगलबार समेत बारा र पर्सामा स्वास्थ्य सेवा प्रदान गरेको थियो । गत आइतबार बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार