एसईई प्रश्नपत्र आउट प्रकरण : पक्राउ परेका ६ जना सार्वजनिक !
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार २१:५३:२५
काठमाडौं । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् ।
उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिचेर दाइ विष्णदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।
त्यसक्रममा एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वज्जनिक भएको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
बागलुङपानी–भुजुङ सडक स्तरोन्नती हुँदै
बैशाख ३०, २०८१ आइतबार
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार