उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपत्ति
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १३:२०:५१
२२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भारतका उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
यही चैत २० मा विश्व हिंन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिंन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति समाजवादी देशभक्त मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका विप्लवले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका हुन् ।
मुख्यमन्त्री आदित्यनाथको भनाइले नेपालको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावनामाथि ठाडो हस्तक्षेप रहेको भन्दै उनले नेपालमा कायम रहेको संसदीय व्यवस्था दलाल पूँजीवादी सत्ता भएको र यो पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।
नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा भएको उनले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् । साथै संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र भएकाे उनको भनाइ छ ।
‘यतिबेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनवाद—वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन । संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्छ’ विज्ञप्तिमा उल्लेख छ ।
उनले विभिन्न साम्राज्यवादी शक्तिहरु नेपालमा अस्थिर र अनिश्चित राजनैतिक अवस्था बनाइराख्न चाहने र अग्रगामी निकासलाई रोक्न सुनियोजित तवरले लागिरहेको बताउँदै नेकपासहित ४ पार्टी यस षडयन्त्रलाई असफल पार्न निरन्तर लाग्ने समेत बताएका छन् ।
उनले आदित्यनाथको अभिव्यक्ति त्यसैको एउटा अंश भएको र यसबारे.समयमै सचेत नभएमा भयानक घटनाहरु देखा पर्ने संभावना रहेको बताए । संभावित घटनालाई पन्छाउन राष्ट्रवादी, अग्रगामी, परिवर्तनकारी एवं क्रान्तिकारी पक्षधर दल र नागरिक एकजुट हुन आह्वान गर्दै उनले विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने संघर्षको नेतृत्व गर्न मोर्चा हरदम तयार रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार