एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १४:५२:२३
२२ चैत, विराटनगर । प्रहरीले मोरङको ग्रामथान गाउँपालिका–२ स्थित एक परीक्षा केन्द्रबाट अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो । उनलाई कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सि. नं. ००९१२४९७ भएकी कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुस्मिता सुनसरीको धरान उपमहानगरपालिका–५ की रहेको खुलेको छ ।
पक्राउ परेका लिम्बूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यही चैत १७ बाट सुरू भएकाे याे वर्षकाे एसईई परीक्षा २९ गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार