अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १४:५७:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/turist_J1FUbAgLRH_oPdbKTsGiF.jpg)
२२ चैत, पर्वत । कोरोना संक्रमणका कारण सुनसान जस्तै बनेको अन्नपूर्ण धौलागिरि इको पदमार्गमा चहलपहल बढ्न थालेको छ । पर्वत र म्याग्दी जिल्लाका ग्रामीण बस्तीहरूलाई समेटेर विगत एक दशकअघिदेखि सञ्चालनमा आएको सो ‘इको पदमार्ग’मा यात्रा गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
पर्वतको जलजला गाउँपालिकाको वारीवेनीदेखि यात्रा सुरु हुने यो पदमार्गमा दैनिक ३०÷४० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयवासीको भनाइ छ ।
सन् २०११ अक्टोबरदेखि सञ्चालनमा आएको यो पदमार्ग पर्वतको वारीवेनी हुँदै म्याग्दीको घुमाउनेतालदेखि सुरु भएर पर्वतको बाँसखर्क, डाँडाकटेरी, नागी, मोहोरेडाँडा, टिकोट हुँदै पाँच दिनपछि म्याग्दीको तिप्ल्याङमा पुगेर टुङ्गिन्छ । कतिपय बाह्य पर्यटकहरूले भने यो पदमार्गलाई लम्ब्याएर टिकोट हुँदै खिवाङदेखि स्वापसम्म पुगेर फर्किने गरेका छन् ।
कोरोनाका कारण दुई वर्ष सुनसान जस्तै बनेको यो पदमार्गमा गत वर्षदेखि बिस्तारै पर्यटकहरू आउन थालेको स्थानीय जगत पाइजाले बताउनुभयो । यो क्षेत्रको पर्यटन विकासका लागि तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमले युएनडिपीको सहयोगमा जिल्लास्थित लघु उद्यम सम्बद्ध सङ्घसंस्थाहरूसँग सहकार्य गरेर विभिन्न सामुदायिक लज तथा होमस्टेको प्रबन्ध मिलाइएको छ ।
लघु उद्यम विकास कार्यक्रमले जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क र वडा नं ५ लेखफाँटको डाँडाकटेरीमा सामुदायिक लज निर्माण गरेको छ । तत्कालीन अवस्थामा लघु उद्यम विकास कार्यक्रमको रु सात लाख, स्थानीय गाविसको रु एक लाख समुदायको झण्डै एक लाख गरी रु नौ लाखको लागतमा सामुदायिक लज निर्माण भएका थिए । यसरी निर्माण गरिएका लजहरू स्थानीय समुदायमा नै व्यवस्थापन समिति बनाएर संरक्षण र सञ्चालन भइरहेका छन् ।
डाँडाकटेरी सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष सीतबहादुर पुनले लजको व्यवस्थापन तथा सञ्चालनका लागि आफूहरू दिनरात खटिँदै आएको र पर्यटकहरूको माग र आवश्यकता बमोजिमका परिकारहरू खुवाउँदै आएको बताए । विश्वभर फैलिएको कोरोना संक्रमणपछि सुनसान बनेको पदमार्गमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको उनले बताए । उनले सिजनमा चारदेखि ६ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको जानकारी दिए ।
उनले स्थानीय परिकारहरूसमेत पर्यटकहरूले भरपुर मात्रामा प्रयोग गर्ने गरेको बताए । सामुदायिक लजसँगै ती गाउँमा घरबास ‘होमस्टे’ सुविधासमेत सञ्चालनमा ल्याइएको छ । गाउँमा आउने पर्यटकलाई लजमा खाना खुवाउने र होमस्टेमा सुत्ने व्यवस्था मिलाइएको छ ।
यो पदमार्गमा सन् २०१२ देखि अपेक्षित मात्रामा पर्यटकहरू पदमार्गमा यात्रा गर्दै आएका छन् । यो पदमार्गमा होल्यान्ड, जर्मन, अस्टे«लिया, हङकङलगायत पछिल्लो समय आन्तरिक पर्यटकहरू समेत उल्लेख्य मात्रामा आउने गरेको होमस्टे सञ्चालक यामबहादुर पाइजाले बताए । यसरी पदमार्गमा आउने पर्यटकहरूले समुदायको वस्तुस्थिति, परापूर्वकालमा निर्माण भएका भौतिक संरचना र हिमशृङ्खला लगायतको अवलोकन गरेर दृश्यपान गर्ने गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार