नाबालिकालाई भारतमा बेचबिखन गर्ने गिरोह कारागार चलान
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १६:२४:४२
२२ चैत, काठमाडौं । धादिङकी १६ वर्षीया नाबालिकालाई भारत पुर्याई बेचविखन गरेको कसुर मुद्दामा जिल्ला अदालत धादिङले ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
गएको माघ १५ मा पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराध कसुरमा अनुसन्धान सकेर यही चैत १६ मा मुद्दा दर्ता गराइएको थियो । सो मुद्दामा जिल्ला न्यायाधीशको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म कारागार थुनामा राख्न आदेश भएको हो ।
कारागार चलान हुनेहरुमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ की ३२ वर्षीया कविता बानियाँ आचार्य, सोलुखुम्बु नेचासल्यान गाउँपालिका–२ की ३५ वर्षकी कमला नेपाली, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ की ३६ वर्षकी गीता न्यौपाने, कल्पना आले मगर, ४४ वर्षका रूपेन्द्र अधिकारी, २१ वर्षकी अस्मिता नेपाली र त्रिपुरासुन्दरी १ का कोपिला दमइ छन् ।
उनीहरूलाई मुद्दा पुर्पक्षका लागि मंगलबार धादिङ कारागारमा पठाइएको प्रहरीले जनाएको छ । गएको मंसिर १५ गतेबाट धादिङकी हराइरहेकी नाबालिकालाई उनीहरूले भारतको दिल्लीस्थित पहाडगञ्जमा पुर्याएर बेचबिखन गरेको खुलेपछि पक्राउ गरी मुद्दा चलाइएको थियो ।
अभियुक्तहरुले पूजा गर्दा प्रशस्त पैसा आफैं झर्छ भनी पैसाको प्रलोभनमा पारी बालिकाको शरीरको उचाइ, तौल समेत लिई शरीरमा कुनै किसिमको दाग नरहेको फोटो, भिडियो सामाजिक सञ्जालबाट तस्करहरूलाई पठाएका थिए ।
पछि तस्करकै योजनामा बालिकाकालाई गुपचुप रुपमा धादिङ मलेखुबाट रूपन्देहीको सुनौली नाका हुँदै भारतको पहाडगञ्ज पुर्याइएको थियो । ती बालिकालाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो बबरमहल काठमाडौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट उद्धार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार