अटेरी टेलिकमले महानगरकाे दबाबपछि थाल्यो सडक र फुटपाथ मर्मतको काम
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
चैत २२, २०७९ बुधबार १६:३२:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak_tiXZ3ArhNP_D6ASGhPTsm.jpg)
२२ चैत, बीरगन्ज । बीरगन्ज महानगरपालिकाले मंगलबार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि दबाबमा आएको नेपाल टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधबार देखि मर्मत गर्न सुरु गरेको छ ।
बीरगन्जको बाइपास सडकमा अप्टिकल फाइबर तार बिछयाउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर फोहोर श्रीपुर स्थित टेलिकमको प्रादेशीक निर्देशनालय कार्यालय परिसर भित्रै लगेर फालि दिएको थियो ।
महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानै देखि मर्मत गर्न थालेको बीरगन्जका मेयर राजेशमान सिंहले बताए ।
मंगलबार बिहान टेलिकम परिसरमा महानगरले फोहोर थुपारेर सांकेतिक विरोध जनाएपछि मंगलबार नै बेलुकी टेलिक प्रादेशीक कार्यालयका प्रमुख अनन्त प्रकाश मल्ल्किले महानगरको कार्यालयमै पुगेर सडक र फुटपाथको बाँकी रहेको मर्मत कार्य चैत २७ भित्रै पुरा गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
मल्लिका अनुसार , बाइपास सडकखण्ड अन्तर्गत गण्डक चोकदेखि रजतजयन्ति चोकसम्मको क्षेत्रमा ३ सय मिटरको मात्रै फुटपाथ मर्मत गर्न बाँकी रहेको छ । उक्त कार्य चैत २७ भित्र सक्ने गरि मर्मतको ठेक्का सकारेको पाइनस÷बनके जेभी कन्ट्रक्सनले लिखित रुपमा प्रतिबद्धता जनाएको जानकारी पनि मल्लिकले महानगरपालिकाको कार्यालयलाई गराएका छन् ।
त्यहि प्रतिबद्धता अनुसार रोकिएको मर्मत कार्य बुधबार बिहानैदेखि सुरु पनि गरिसकिएको मल्लिकले बताए । टेलिकमले सडक र फुटपाथ मर्मतको काम सुरुगरेपछि टेलिकम परिसरभित्र थुपारेको फोहोर पनि महानगरले बुधबार बिहानै देखि हटाएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
टेलिकमले अप्टिकल फाइबार ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको थियो । खनि सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर मंगलबार बिहान टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको घिमिरेले बताएका थिए ।
घिमिरेका अनुसार , गत फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएपनि टेलिकमले अटेरी गरेको घिमिरेले बताएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार