मन्त्री पठाउन देउवा र कोइरालाबीच अझै टसल
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १६:३६:५५
२२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसको अन्तरिक विवादको असर सरकारमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पुर्णता दिन नसकेको आरोप खेपिरहेपनि कांग्रेसमा अझै भागबण्डमा सहमति भएको छैन् । कांग्रेसले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा चार जना मन्त्री पठाउन बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा कोइराला समूहलाई दुई भन्दा नदिने र कोइराला समुह दुई मात्रले नहुने अडानमा बसेको छ ।
प्रधानमन्त्री प्रचण्डले आज र भोलीभित्रमा कांग्रेसले मन्त्रीको नाम पठाउने र मन्त्रिपरिषद विस्तार भएपछि सरकार नीति कार्यक्रम तर्फ लाग्ने बताइरहेका छन । तर, कांग्रेसबाट मन्त्रीको नाम दिने छाँटकाट छैन् । प्रधानमन्त्रीले विश्वासको मत पाएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारवाहीसमेत प्रभावित भइरहेका छन् । आम जनतामा पनि नराम्रो सन्देश गइरहेको छ ।
सत्ता गठबन्धनको ठूलो दल कांग्रेसकै कारण अझै छ वटा मन्त्रालय रिक्त छन् । कांग्रेस सभापति देउवाले पार्टीभित्रका गुट र आकांक्षी व्यवस्थापन गर्न अझै पनि तयार भएका छैनन् । कतिपय मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन छन् भने ती मन्त्रालयकालागि प्रधानमन्त्रीले समय दिन नभ्याउँदा कार्यसम्पादनमा असर परेको छ । गठबन्धनको सहमतिबमोजिम एक मन्त्रालय पाएको जनमत पार्टीले पनि रोजेको मन्त्रालय नपाएपछि सरकार छोडेको छ । कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।
अब परराष्ट्र, कानून न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र खानेपानी मन्त्रालय बाँकी छन् । यसअघिको सहमतिबमोजिम कांग्रेसले यीमध्ये चार मन्त्रालय पाउनेछ । जनमत पार्टीले छोडेपछि बनको सट्टा खानेपानी मन्त्रालयमा कांग्रेसले दावी गरेको छ । कसलाई मन्त्री बनाउने भन्ने टुंगो नलाग्दा कांग्रेसका भागमा कुन कुन मन्त्रालय हुन भन्ने पनि अन्योल छ । नेता शेखर कोइराला पक्षले तीन मन्त्रालय पाउनुपर्ने माग छाडेको छैन् ।
कांग्रेस इतर समूहले मन्त्रालयको संख्या टुंगो नहुँदासम्म नाम नपठाउने बताइरहेका छ । उता, सभापति देउवाले चार मन्त्री बनाउँदा पार्टीमा आफ्नो प्रत्यासी कोइराला पक्षलाई मात्रै होइन, नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि समेटेका छैनन् । उनीहरुलाई पनि समेट्नुपर्ने सभापपति देउवामाथि दवाव छ । तीन मन्त्रालयमा दाबी गरेको कोइराला समूहमा पनि दुई वा तीन जनालाई नै मन्त्री बनाएपनि कसलाई मन्त्री बनाउने भन्ने विषय टूंगिएको छैन् ।
यसअघि तयार गरेको सूचीमा उपसभापति धनराज गुरुङ र मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बुको नाम समेटिएको थियो । बुधबार विहानको छलफलमा पनि सभापति देउवाले आफु पक्षका नेतासँग मात्र छलफल गरेका छन् । धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको छ । एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र नारायणप्रकाश (एनपी) साउद मन्त्री बन्ने टुंगो लागेको छ ।
साउद गत मंसिरको चुनावमा कञ्चनपुर– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो । यस्तै बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो । कांग्रेसले सात प्रदेशको प्रतिनिधित्व हुने गरी र समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने मापदण्ड बनाएको थियो ।
गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, नेकपा एसले २, जसपाले २, जनमत, लोसपा, नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउने सहमति भएको थियो । सहमतिअनुसार जसपाले एक मन्त्री पठाएको छैन । उपनिर्वाचन जितेपछि जसपाका अध्यक्ष उपेन्द्र यावद आफैँ सरकारमा जाने मनस्थितिमा छन् । यसले पनि मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार