महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन
आबिद हुसेन
चैत २२, २०७९ बुधबार १६:५४:३९
२२ चैत, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले गुठी संस्थानको ११ विघा जग्गा नाप जाँच गरेर छुट्याइदिएको छ । बुधबार महानगरको सीमामा पर्ने पर्सागढी नगरपालिका वडा नम्वर ४ मा रहेको भेडाहा टोलको करिब ११ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याएको हो ।
उक्त टोलमा गुठीको नाममा करिब एक सय विघा भन्दा बढी जग्गा रहेकोमा आज पहिलो दिन ११ विघा १३ कट्टा जग्गा नापजाँच गरेर छुट्याउनुका साथै किला गाडेर सीमांकन गरिएको छ ।
जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि महानगरपालिकाले प्राविधिक टिम खटाएर जग्गा छुट्याउन लगाएको हो ।
उक्त ठाउँमा रहेको गुठीको जग्गामा करिब २ सय भन्दा बढी घर परिवारले अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनमा भोगचलन गर्दै आएको पाइएको छ ।
महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको छ । यही क्रममा गुठी संस्थानको आग्रह बमोजिम गुठीको जग्गा पनि अतिक्रमणबाट हटाउन सुरु गरेको हो ।
गएको चैत १३ गते महानगरले वडा नम्वर २८ दर्दवामा रहेको गुठी संस्थानको जग्गा अतिक्रमण गरी माटो उत्खनन् गर्ने एउटा स्काभेटरसहित ४ वटा टिप्पर नै नियन्त्रणमा लिएको थियो । त्यहाँ संस्थानको ५२ विघा जग्गा रहेको र त्यसको पनि महानगरले नापजाँच गरेर छुट्याइदिएको थियो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गरे।
जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख चुडामणी घिमिरे, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार