रवि लामिछानेले नागरिकता लिँदा निस्सा नबुझाएको रिट पक्षका वकिलको जिकिर
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १६:५७:३७
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट निवदेनमा रिट पक्षका वकिलहरुले बहस गरेका छन् ।
सिन्धुलीका युवराज पौडेलले सोमबार दिएको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भइरहेको छ । सुनुवाइमा बहस गर्दै रिट निवेदकका वकिल वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछानेले गएको माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिता लिँदा विदेश (अमेरिका)को नागरिकता त्याग गरेको निस्सा नबुझाएको जिकिर गरे ।
माघ १५ गते आइतबार भएकाले उक्त दिन उनले अमेरिकी नागरिकता त्यागेको निस्सा प्रशासनमा बुझाएकोमा आफूलाई शंका रहेको भन्दै प्रशासन कार्यालयबाट निस्सा झिकाउनुपर्ने माग गरे । लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा दिन अगाडि अर्थात माघ १३ गते शुक्रबार प्रक्रिया पूरा गरेर नेपाली नागरिकता नलिएको ठहर गर्दै पुनः नेपाली नागरिकता लिनुपर्ने फैसला गरेको थियो ।
शुक्रबारको फैसलाअनुसार नेपाली नागरिकता लिएको दिन आइतबार रहेको र सो दिन अमेरिकी दूतावास समेत बन्द रहेको अवस्थामा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाउन सकिने अवस्था नै नदेखिएको भण्डारीको दाबी छ ।
नागरिकता त्याग गरेको निस्सा अमेरिकी विदेश मन्त्रालयले दिने र सो निस्सालाई दूतावासले प्रमाणीकरण गरेपछि मात्र औपचारिक रुपमा नेपाली नागरिकता लिने प्रक्रिया सुरु हुने उनको तर्क छ । ‘आइतबारका दिन अमेरिकी दूतावास विदा हुन्छ। उहाँले कसरी प्रमाणीकरण भएको निस्सा पेस गर्नुभयो ?’ उनले इजलासमा प्रश्न गरे । उनले जिल्ला प्रशासन कार्यालयबाट त्यो निस्सा मगाउन उनले माग गरे ।
लामिछानेको राहदानीसम्बन्धी विवादमा मुद्दा नचलाउने निर्णय गर्दा महान्यायाधिवक्ताले कानुनसम्मत निर्णय नगरेको भण्डारीको तर्क थियो । नेपालको कानूनले झुठा विवरण दिएर राहदानी लिन मात्र नभई लिने प्रयत्न गर्नुलाई पनि अपराध मानेको बताउँदै लामिछानेले अपराध गरेको बताए ।
रिट निवेदकका तर्फबाट भण्डारीसँगै अधिवक्ता राधिका खतिवडा, रमण कर्णलगायतले बहस गरेका छन् । रिटमाथि दुवै पक्षको बहस सकिएको छ । आदेश आजै आउने संभावना छ ।
प्रतिनिधिसभा सदस्य (सांसद) रहेका बेला नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको रिटमा गत माघ १३ गते सर्वोच्चले लामिछानेले प्रयोग गर्दै आइरहेका पुरानो नागरिक रद्द गर्ने र प्रक्रिया पुर्याएर नयाँ नागरिकता लिनुपर्ने फैसला सुनाएको थियो । सो फैसला अनुसार उनले दुई दिनपछि १५ गते जिप्रका काठमाडौं पुगेर पुरानै नम्बरको नागरिकता प्राप्त गरेका थिए । साथै सोही दिन राहदानी विभागमा पुगेर पुरानो नागरिकताबाछट लिएका राहदानी समेत फिर्ता गरेका थिए ।
त्यसपछि पनि उनीविरुद्ध दोहोरो नागरिकता लिएर दुरुपयोग गरेको आरोपमा पौडेलले नै यही सोमबार सर्वोच्चमा रिट दायर गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार