रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्दा चलाउनुपर्ने माग भएको रिटमा कारण देखाऊ आदेश
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:१३:२२
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी प्रयोग गरी अधिकार दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्न पक्राउका लागि अन्तरिम आदेश मागसहित सर्वोच्चमा परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो । मुद्दा नचलाउने निर्णयबारे लिखित कारण पेस गर्न आदेश भएको छ ।
रिट सिन्धुलीका युवराज पौडेलले सोमबार दायर गराएका थिए । उनले महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महानगरीय प्रहरी काठमाडौं परिसर टेकु, लामिछानेलगायत ८ पक्षलाई विपक्षी बनाएका थिए ।
बुधवार निवेदक पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले बहस गरेका थिए भने प्रतिवादी लामिछानेको पक्षबाट दुई जना कानून व्यवसायीहरुले बहस गरेका थिए ।
सन् २०१५ मा लामिछानेले अमेरिकी राहदानी कायमै रहेको अवस्थामा नेपाली राहदानी लिएर दोहोरो राहदानी प्रयोग गरी राहदानी दुरुपयोग कसुर गरेको दाबी गर्दै रिट निवेदक पौडेलले लामिछानेविरुद्ध त्यससम्बन्धी मुद्दा चलाउनु नपर्ने भनी प्रहरीको प्रतिवेदन र जिल्ला सरकारी वकिलको कार्यालयको रायले महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय उत्प्रेषण आदेशबाट बदरको माग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार