उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् ः पूर्ण बस्नेत
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:१९:४८
२२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन् । उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन् ।
उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशीताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेल जीवन व्यतित गरेका छन् । राजनीतिक मुद्दा खेपेका छन् । यिनी जनताको खातीर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्, बस्नेतले भने ।
उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रुपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान छ, बस्नेतले बताए ।
बस्नेतले भने, उपेन्द्र यादवले कहिल्यै गुनासो गर्दैनन् । हारदेखि भाग्ने र जितमा मात्तिने यिनको स्वभाव छैन । यिनको एउटै उद्देश्य छ, उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति । नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिन्छ। जनताको साथ, सहयोगले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार