सन्दीप लामिछानेविरुद्धको मुद्दामा फेरि सर्याे सुनुवाइ
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:४४:५०
२२ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दामा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ भएन ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेसीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको अदालत प्रशासनले जनाएको छ ।
क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।
क्रिकेटर सन्दीपविरुद्ध नुवाकोटकी एक नाबालिकालाई गत भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित होटल काठमाडौं इनमा पुर्याई बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले अनुसन्धान सकेर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी कसुरमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले लामिछानेलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि जेल चलान गरेको थियो । तर टुंगो लाग्न बाँकी रहँदै सन्दिीपले काठमाडौं अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा दिएको रिटमा उच्चले गत माघ २७ मा २० लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो ।
त्यसयता उनी कारागारबाहिर छन् । धराैटीमा छुटेपछि नेपाल क्रिकेट संघ (क्यान)ले समेत उनलाई राष्ट्रिय टिममा फर्काएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइरहेको छ । मुद्दाको अन्तिम टुंगो लाग्न भने बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार