आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरका लागि अन्तिम सम्झौता
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १८:५:८
२२ चैत, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । आज सम्पन्न आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभामा यसबारे जानकारी दिइएको हो । दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने आइएमई जनरजका अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।
कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा शाखा विस्तार गरी डिजिटल माध्यमबाट उत्कृस्ट सेवाप्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको उनले जानकारी दिए । ढकालले गाभिएपछि कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्तापूँजी ३ अर्ब २ करोड, शाखा ८४, कर्मचारी संख्या ५१७ हुने र कुल व्यवसाय करिब ४ अर्ब हुने बताए ।
अध्यक्ष ढकालले हालको बीमा बजार तथा नियमन निकायबाट चुक्तापूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर सम्बन्धी अन्तिम सम्झौता भएकाले सोही अनुसार विशेष साधारणसभा बोलाइएको जानकारी दिए । प्रारम्भिक सम्झौतापत्रका आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरिएको बताए ।
नेपालमा रहेका दुई उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशालग्रुपका साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना यस कम्पनिमा सम्मिलित भएकाले उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वासव्यक्त लिइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार दोहोरो अंकले घटेर २६०९ विन्दुमा रोकियो नेप्से, १५ करोडले बढ्यो कारोबार
पुष १४, २०८१ आइतबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार