‘ससुराल सिमरका २’ का दर्शकका लागि निराशको खबर
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १८:१०:५२
२२ चैत, मुम्बई । भारतीय टेलिफिल्म ‘ससुराल सिमर का २’का फ्यानका लागि एउटा निराशको खबर छ । दुई वर्षसम्म दर्शकलाई मनोरञ्जन दिँदै आएको शो अब बन्द हुने भएको छ । यसको सुरुवात सन् २०२१ को २६ अप्रिलबाट भएको थियो ।
यसको हालसम्म ६१९ भाग प्रसारण भइसकेको छ । तर दोस्रो संस्करणको शोले पहिलो संस्करणको जस्तो लोकप्रियता पाउन सकेन । सोहीकारण निर्माताले शोलाई बन्द गर्ने निर्णय लिएका छन् ।
शोमा अविनाश मुखर्जी, राधिका मुथुकुमार, तान्या शर्मा र करण शर्मा प्रमुख भूमिकामा छन् । यो शो सुरु हुँदा दर्शकमा नयाँ आशा थियो । उनीहरुले पहिलो सिजनजस्तै दोस्रो सिजन पनि लामो समयसम्म चल्ने सोचेका थिए । शोको सुरुवात पनि दीपिका कक्कड अर्थात सिमरबाट नै भएको थियो । सुरुवातमा दर्शकले कथा मनपराए पनि विस्तारै शोको टीआरपी पनि घट्दै गयो । त्यहीकारण पनि निर्माण पक्षले शोलाई बन्द गर्ने निर्णयमा पुगेका छन् ।
शो बन्द हुने कारण दीपिकालाई मानिएको छ । किनकी दीपिकाले जब शोको घोषणा गरिन्, तब दर्शक निकै उत्साहित थिए । राधिका मुथुकुमारले नयाँ सिमरको भूमिका राम्रोसँग निभाइन्, तर उनमा दर्शकले दीपिकालाई देख्न पाएनन् । दीपिकाको राम्रो फ्यान फलोइङ छ । शोमा उनले जे काम गरे पनि दर्शकले मनपराउँथे । तर दीपिकालाई प्रमुख भूमिका नदेख्दा दर्शक निराश बने ।
यो बन्द हुने अर्को कारण सुपरनेचुरल इमिलेन्ट पनि हो । केही समयअघि देखि नै शोमा सासु बुहारीको कथाको ठाउँमा सुपरनेचुरल इलिमेन्टलाई दर्शकले हेरेका थिए । प्रमुख कलाकार अविनाश, आरवबाट नाग बनेका थिए । राम्रो शोमा मानिसलाई नागका रुपमा देखाउनु दर्शकलाई पच्न सकेन । जसकारण टीआरपी पनि घट्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार