सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गर्ने दुई जना पक्राउ
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १९:२३:२५
२२ चैत, इनरुवा । सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिकाबाट सामाजिक सञ्जाल मार्फत पेस्तोलसहित देखिएका दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
केही दिनअघि सुनसरी हरिनगर–१ का अमरकुमार गुप्ताले इटालियन पेस्तोलजस्तो देखिने हतियारसहितको आफ्नो फोटो सामाजिक सञ्जालमा प्रकाशन गरेपछि सुनसरीमा सुरक्षा थ्रेट बढेको चर्चा हुन थालेपछि सुनसरी प्रशासनले बुधबार अबेर गुप्तालाई पक्राउ गरेको जनाएको छ ।
गुप्तासँगै अन्य एक जना सहयोगी समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सुनसरीको सोही गाउँपालिका वडा नम्बर २ का रोशन साहसमेत अहिले प्रहरीको हिरासतमा छन् । पक्राउ परेका गुप्ताले केही दिनअघि एक समुदायलाई लक्षित गर्दै त्रास फैलाउन हतियारसहितको आफनो तस्बिर सञ्जालमा हालेपछि सुनसरी प्रशासनले गुप्तामाथि निगरानी बढाएको थियो ।
उनी एक अन्तर्राष्ट्रिय जातीय संगठनसँग आबद्ध भई हरिनगरबाट नेपालमा आफ्नो काम गर्दै आएको आरोपसमेत उनीमाथि विगतदेखि लाग्दै आएको छ ।
यता, सुनसरी प्रहरीका उपप्रमुख राजकुमार राईले घटनाको गहिरो अनुसन्धान थालिएको बताएका छन् । यता उनको घटनामा अनुसन्धान प्रभावित पार्न गिरोहसमेत सक्रिय भइसकेको बताइएको छ ।
स्रोतका अनुसार सुनसरी प्रहरीले दबाबकाबीच घटना अनुसन्धान गरिरहेकाले अनुसन्धान प्रभावित हुनसक्ने आशंका देखिएको छ । तर यसबारे सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले मानिससहित फेला परेको सामान हतियारजस्तो देखिए पनि खेलौना अर्थात लाइटर रहेको बताउँदै यही सामानको आधारमा उनले कहीँकतै धम्क्याई अशान्ति फैलाएकोबारे खोजी गरिरहेको प्रतिक्रिया दिएका छन् ।
तर प्रहरी प्रमुख ढकालको यस्तो प्रतिक्रियाप्रति हरिनगरका केही सर्वसाधारणले भने आशंका व्यक्त गरेका छन् । पक्राउ परेका गुप्तालाई नक्कली हतियारमा उनको सक्कली हतियारलाई परिवर्तन गरी प्रहरीले मुद्दा कमजोर पार्न लागिपरेको उनीहरुको आरोप छ । तर यस्तो आरोप पूर्ण कपोलकल्पित रहेको प्रहरी प्रमुख ढकालको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार