एसईईमा अर्कैकाे नाममा परीक्षा दिनेको बिगबिगी, पक्राउ पर्ने नक्कली परीक्षार्थीकाे संख्या कति पुग्याे ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार ११:२६:११
![](https://nepalbahas.prixacdn.net/media/albums/SEE_dubss_XUSKXCYLHn_hUA8rB2Xpu.jpg)
२३ चैत, विराटनगर । जारी एसईईमा नक्कली परीक्षार्थीको बिगबिगी बढेको छ । सबैभन्दा बढी मात्रामा माेरङमा भेटिएका छन् । आज र हिजो गरी मोरङको ३ वटा परीक्षा केन्द्रबाट दर्जनाैं संख्यामा अर्कैको नाममा परीक्षा दिने नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् ।
झोराहाट, केराबारी र हरैचाबाट मात्र १९९ आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरीले बतायो ।
ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमूना माविको परीक्षा केन्द्रबाट बिहान सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना ‘नक्कली’ परीक्षार्थी पक्राउ परेका छन् ।
यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैचाबाट २० जनालाई नक्कलीको आशंकामा प्रहरीले पक्राउ गरेको छ । ठूलो संख्यामा ‘नक्कली’ परीक्षार्थी फेला परेपछि सुक्ष्म रुपमाअनुसन्धान भइरहेको मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
बुधबार मात्र ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कल्पना लिम्बूको अनिवार्य विज्ञान विषयमा परिक्षा दिइरहेको अवस्थामा सुनसरीको धरान उपमहानगरपालिका–५ की २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । उनले कल्पनाको परीक्षा सिम्बोल नं. ००९१२४९७ बाट परीक्षा दिइरहेकी अवस्थामा गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघिका निश्चित अंक (माक्र्स) ल्याउने मात्र उत्तिर्ण हुने प्रणालीलाई हटाएर लेटर ग्रेडिङ प्रणालीमा परीक्षा सुरु गरेको अवस्थामा पनि नक्कली परीक्षार्थीको बिगबिगी देखिनुलाई गम्भीर रुपमा लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार