आईजीपीको आदेश लत्याएर फरार अपराधीलाई दाङ प्रहरीको संरक्षण
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १२:१३:३१
२३ चैत, दाङ । तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार अपराधीलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको छ । फरार अपराधी यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको समाचार सञ्चारमाध्यममा आएपछि प्रहरी प्रधान कार्यालयले चासो देखाएर पक्राउ निर्देशन दिए पनि जिल्ला प्रहरी कार्यालय दाङले अटेर गरेको हो ।
आर्थिक चलखेल गरेर दाङका प्रहरी प्रमुख वीरबहादुर वली र डीएसपी राजन गौतमले आईजीपी बसन्त कुँवरको निर्देशनलाई लत्याएर फरार अपराधी वलीको बचाउमा लागेका हुन् । अदालतले वलीलाई पक्राउ गरेर बुझाउन सक्ने प्रावधान रहेको बताइरहँदा एसपी वली र डीएसपी गौतमले आनाकानी गरेर बचाउमा लागेका छन् ।
बैंकको १८ करोड हिनामिनामा मुछिएका अभियुक्त कांग्रेस नेतालाई एसपी र डीएसपीले संरक्षण गरेको समाचार यसअघि प्रकाशन भएको थियो । प्रहरी स्रोतका अनुसार एसपी र डीएसपी अवकाश हुने समय छोटो रहेकाले उनीहरु कमाउधन्दामा लागेका छन् । डीएसपी गौतम यसअघि जिप्रका दाङको मुद्धा फाटमा लामो समय बसेकाले उनको सेटिङमा एसपीले साथ दिँदै अवैध काम भइरहेको छ ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले नै नव नियुक्त आईजीपी वसन्तबहादुर कुँवरले फरार अभियुक्तलाई प्रहरीबाट भइरहेको संरक्षण बारे चासो प्रकट गरेको र तत्काल प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर अदालतमा बुझाउन निर्देशन दिइसकेको बताए पनि आदेशको कार्यान्वयन गर्नुको साटो प्रहरी प्रमुख फरार अभियुक्तलाई खुलेआम संरक्षण गर्न लागि परेका छन् । प्रहरी प्रधान कार्यालयमा आफूले मिलाइहाल्ने भन्दै आईजीपीकै आदेश लत्याएर कानुनी कारवाही हुनबाट बचाएपछि एसपी वलीको चर्को आलोचना भइरहेको छ ।
यसअघि पनि स्कुटर चोरी प्रकरणमा चोरलाई मुद्दा नचलाई छाडेको घटना बारेमा जानकार रहेको र प्रतिवेदन हेडक्वार्टर आइसकेकाले त्यसमा संलग्नलाई पनि दाङ प्रहरी बचाएको आरोप छ । कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले ठहर गरेको थियो ।
दाङ कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप लागेको छ । एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन् । उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुलतबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् । उनले बैँक हिनामिनामा संलग्न फरार अभियुक्त अहिलेसम्म अदालतमा हाजिर नभएको पनि बताए ।
याे पनि..................
चोरलाई डीएसपीकै निर्देशनमा मुद्दा चलाउन नदिएको छानबिन समितिको निष्कर्ष
दाङमा स्कुटर चोरी प्रकरणः एसपीको संयोजकत्वमा छानविन समिति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार