चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १३:१९:२१
२३ चैत, काठमाडौं । चलचित्रको गतिविधि प्रायः काठमाडौं उपत्यकामा केन्द्रित छन् । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास्कीको पोखरामा हुने भएको छ ।
मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक÷निर्देशक प्रमोद कँडेलको सहभागितामा पोखरामा प्रिमियर हुने जानकारी दिए ।
“मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौँँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई विस्तारै बढाउँदै लैजानु पर्छ”, निर्माता पौडेलले भने । चलचित्र ‘बहाव’ को प्रिमियर काठमाडौंमा भने बुधबार सम्पन्न भइसकेको छ । पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्देशक कँडेलले बताए ।
“फरकरूपमा तयार गरेको प्रयासबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारले राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ”, उनले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा गरिएको थियो ।
गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौंसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै प्रिमियर गरिएको बताए । “हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायत गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । मोफसलबाट पनि लगानी उठाउन मद्दत पुग्छ ।” आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा उनी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार