शेयरबजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १६:४२:२५
♦ प्रेरणा वासफोर
२३ चैत, काठमाडौं । चालु सातामा शेयरबजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।
यसैगरी, शेयरबजार सोमबार पनि घटेको हो । सोमबार नेप्से परिसूचक १६।६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो । सोही दिन कारोबार रकम पनि घटेको थियो । आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो ।
यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार घट्ने क्रमले निरन्तरता पायो । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो । उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन । मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
यता बुधबार भने शेयरबजारमा केही राहत मिलेको थियो । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो । तर, त्यसदिन शेयरबजार बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो । कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो । यसदिन ९२ करोड भन्दाबढी रकमको शेयर कारोबार भएको भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार