ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १६:५६:५
२३ चैत, फुङ्लिङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो ।
पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।
विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ ।
टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेलाको तेस्रो दिन आज टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । टपरी गाँस्ने प्रतियोगितामा ५० जना सहभागी थिए । प्रतियोगितामा दुईजना पुरुष र बाँकी महिलाको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव हर्कराज गुरुङले बताए ।
टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर तयार गरिने थाली जस्तो एक भाँडो हो । यो विभिन्न आकारमा तयार गर्न सकिन्छ । टपरीको प्रयोग प्रायःविवाह, व्रतबन्ध, न्वारनलगायतका काममा प्रयोग हुन्छन् । विवाहमा बरनीको लागि तयार गरिने टपरी तीन हात ब्याससम्मको ठूलो हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार