बेलगाम भाषा: ‘एउटासँग विवाह, अर्कोसँग घरजम’
नेपालबहस संवाददाता
चैत २३, २०७९ बिहिबार १७:३०:१७
२३ चैत,काठमाडौं । संसद गरिमामय थलो हो । सदनभित्र संसदका बोल्ने र बस्ने पनि सीमा हुन्छन् । यति सामान्य कुरा पनि नसिकेका सांसद धरै भेटिएका छन् । उनीहरूलाई प्रतिनिधिसभामा बोल्दा कस्ता भाषाको प्रयोग गर्ने भन्नेसम्मका ज्ञान नभएकै पाइयो । सांसदहरुलाई भाषाका लागि भाषासम्बन्धी प्रशिक्षण दिनेसम्मका कुरा पनि आएका छन् । यस्तै रोचक दृष्य बिहीबारको बैठकमा पनि सांसदहरुले देखाए । यसपछि सांसद पद मर्यादित भएकाले उनीहरुलाई मर्यादामा बस्नुपर्छ भन्दै सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुमा रुलिङ नै गर्नुपर्यो ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताएपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन पनि दिए ।
नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको प्रसंगमा प्रधानमन्त्री प्रचण्डले एउटासँग विहे गरेर अर्कोसँग घरजम चलाएको टिप्पणी गरेका थिए । एमालेसँग सरकारको यात्रा सुरु गरेर नेपाली कांग्रेससँग पुगेको नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले १०० दिनमा उपलब्धिमूलक केही काम गर्न नसकेको उनको भनाइ थियो । सांसद पन्तले सरकार गठनको सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरू सार्वजनिक गरेको तर त्यसमा कुनै पनि कुरा महत्वपूर्ण नपाएको र प्राथमिकतामा किसानका समस्या, अर्थतन्त्रका समस्या नपरेको आरोप लगाए ।
‘सरकार गठन भएको १०० दिन पुगेछ । गोरखापत्रको दुई पेजमा सरकारले गरेका काम भनेर ३७ बुँदा राखिएछ । एउटा बुँदा छुटेछ । त्यो के भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यता नेपालका अस्पतालमा कति बालबालिका जन्मे, त्यसको उल्लेख भएनछ, कति पानी परेको छ, कति घाम लाग्यो त्यो पनि उल्लेख भएनछ । त्यो भएको भए बालबच्चाहरूको संख्या आउँथ्यो । ३७ बुँदा पढ्दा के पढेको बुझिँदैन । यो देशका किसानको बारेमा समस्या समाधानका लागि विषयमा कुनै चर्चा छैन, मुलुकको आर्थिक अवस्थाबारे चर्चा नै छैन ।
उनले भने, ’एउटासँग विवाह गरेर अर्कोसँग बसेको यो सरकार अहिलेसम्म १०० दिन पुग्दा मन्त्रिपरिषद् त गठन गर्न सकेको छैन, अरु के आश गर्नु ।’ सरकारसँग जनता आशावादी नहुनु स्वाभाविक रहेको पनि पन्तको भनाइ थियो । ’यो विचारहीन, कार्यहीन सरकार हो । त्यसैले सरकारको आलोचना गर्दा कोही तात्तिनुपर्दैन । जनतालाई कुने सेवा नदिने अनि कराएर हुन्छ, सरकार उपलब्धिहीन छ,’ उनले भने । त्यस्तै, सांसद पन्तले दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरे ।
उनले एनसेललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको आंशका व्यक्त गरेका छन् । ‘हाम्रो अहिलेको दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा गरिँदै छ । मस्यौदाअनुसार जुन बेला एनसीएलले स्वीकृति लिएको थियो, एनसेलले स्वीकृति लिएको २५ वर्ष पुगेपछि एनसेल जस्ताको त्यस्तै अर्बौं नाफा कमाउने कम्पनी सरकारको स्वामित्वमा आउनुपर्ने हो, २०८६ मा २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउँथ्यो । तर त्यो सरकारको स्वामत्विमा आउन नदिनको लागि मस्यौदा विधेयक गरेर त्यसलाई चलखेल गरिँदै अर्बौं अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानुन फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको छ ।’
यसपछि माओवादीका सांसद लेखनाथ दाहालले पन्तको भनाइको खण्डन गर्दै पुराना नीति, योजना र कार्यक्रमबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताए । उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए । उनले भने, ‘संसद् जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद् जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो, कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ ।’ सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिबद्धता गरेअनुरुप नै चलेको भन्दै बचाउ गरे ।
यसअघि आजै प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको थियो । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ । आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाएका थिए ।
शाहीले भनेका थिए, संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्काे देश ठूलो भएमा चाहिन्छ । तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन । शाहीको उक्त अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाए । सबैतिरबाट ध्यानाकर्षणको विषय उठाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यहरुलाई सदनको बैठकमा ख्याल गर्नुपर्ने संसदीय मर्यादा सम्झाए ।
सांसद भएपति यतिसम्म त थाहाहुनपर्ने हो कि सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न पनि पाइने छैन । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा प्रतिनिधिसभाको बैठकमा हुने छलफलमा भाग लिने सांसदहरुले पालन गर्नु पर्ने नियमसम्बन्धी व्यवस्था छ । यो अधिकांश सांसदले पढेकै छैनन् ।
सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्छ । सभामुखले समय दिएपछि मात्र बोल्नुपर्छ, बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्छ, सभामुखले अन्यथा आदेश दिएमाबाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्छ, सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न हुँदैन ।
सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने, बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषयबाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने पनि नियम छ । यो पनि सांसदहरुलाई पढाउन आवश्यक देखिएको छ ।
सभामुख घिमिरेले सांसदहरुलाई सम्झाएको नियम २१ को ‘घ’ मा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने ।’ नियमावलीको यस खण्डमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदा सांसदहरुले पालन गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ ।
जसअनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्छ । सभामुखले समय दिएपछि मात्र बोल्नुपर्छ, बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नुपर्छ, सभामुखले अन्यथा आदेश दिएमाबाहेक तोकिएको स्थानमा उभिएर बोल्नुपर्छ, सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न हुँदैन ।
सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने, सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न र उभिन नहुने, कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने, बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषयबाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने पनि नियम छ । यो पनि सांसदहरुलाई पढाउन आवश्यक देखिएको छ ।
बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने पनि सांसदहरुले पालना गर्नुपर्ने नियम हुन् । प्रतिनिधिसभा नियमावलीको यही नियम अनुसार सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र सांसदले आफ्ना विषय राख्न सक्छन् । सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममाबाहेक सभामुखको आचरणको आलोचना गर्न पनि पाइँदैन ।
सांसदले सदनमा आफ्ना कुरा राख्दा सभामा तत्काल विचाराधीन रहेको विषयसँग सम्बद्ध हुनुपर्ने पनि नियम छ । ‘कुनै सदस्यले असम्बद्ध कुरा बोलिरहेमा वा आफ्नो वा अरू कसैको तर्कलाई बारम्बार दोहोर्याइरहेमा सभामुखले निजको वक्तव्यप्रति बैठकको ध्यान आकर्षित गर्दै विषयकेन्द्रित भई भनाइ राख्न आग्रह गर्न सक्नेछ’ प्रतिनिधिसभा नियमावलीको नियम २३ मा छ ।
त्यसपछि पनि सांसदले विषयकेन्द्रित भइ भनाइ नराखे त्यस्तो सांसदलाई सभामुखले बोल्न बन्द गर्न आदेश दिन सक्छन् । ‘त्यस्तो आदेश हुनासाथ सो सदस्यले बोल्न बन्द गरी आफ्नो स्थान ग्रहण गर्नुपर्नेछ’ नियम २३ मै उल्लेख छ यस्तो गर्ने सांसदलाई निष्काशन गर्ने प्रावधान छ । यसरी निष्कासित सदस्यलाई सभामुखले बढीमा पन्ध्र दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्ने व्यवस्था राखिएको छ ।
सांसदले के गर्न मिल्ने र नमिल्ने प्रष्ट व्यवस्था हुँदा हुँदै पनि उनीहरुले अएकअर्कालाई गाली गर्दा वा विरोध जनाउनुपर्ता तल्लोभन्दा तल्लो स्तरको शब्द प्रयो गर्छन । बिहीबार एमाले सांसद रघुजी पन्तको ‘एउटासँग बिहे गरेर अर्कोसँग समय विताइरहेको’ भन्दै प्रधानमन्त्रीको सत्तासमीकरण बदलेर लिएको लभप्रति व्यांग गरेका उनका भाषाका शब्दहरु यसै पनि अमर्यादित छन भने संसद जस्तो गरिमामय ठाउँमा यस्ता भाषको प्रयोग गर्नु आफैमा चज्जित हुनुपर्ने विषय हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार