भारतमा कोरोना संक्रमित बढेपछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक बस्दै
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १०:३८:५८
२४ चैत, नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन् ।
स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ । ‘प्रधानमन्त्रीले कोभिडमा सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिनु भएको छ’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन पछि आज स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो। बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार