न्यूनतम साझा कार्यक्रममा रास्वपाको पनि असहमति
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १३:५२:२१
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले बिहीबार सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको जनाएको छ । पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको धेरै विषय छुट्याएर ल्याएको भन्दै महामन्त्री मुकुल ढकालले बताएका छन् ।
कार्यक्रमबारे छलफल गर्न पार्टीको आज बिहान संसदीय दलको बैठक बसेको थियो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।
सरकारको नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको रास्वपाको दाबी छ । कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयलाई यसअघिका कार्यक्रममा रहेको र तर अहिले हटाएर सरकारले नै भ्रष्टाचारलाई बढवा दिन खोजेको आरोप छ ।
यस्तै, बलात्कार जन्य घटनाको छिटो छिनोफानो, गैरआवसीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएको महामन्त्री ढकालको भनाइ छ ।
रास्वपा वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारमा भने सहभागी छैन । कार्यक्रम समग्रमा अमूर्त र लक्ष्यविहीन रहेको निष्कर्ष रास्वपाको छ ।
यस्तै, आजै मात्र सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले पनि कार्यक्रमप्रति असहमति रहेको जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने थल १० रहेका छन् । तर रास्वपा र राजमोले भने सरकारकै कार्यक्रमप्रति असहमति जनाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधि सभाले बनायो सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति
जेठ १५, २०८१ मंगलबार
सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको टीओआरमा सहमति
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार