४० अर्ब लागतको विमानस्थलमा हप्ताभर तीन उडान मात्र
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १४:५१:३४
२४ चैत, भैरहवा । आन्तरिक र बाह्य पर्यटक भित्राएर लागत उठाउने लक्ष्यसहित ४० अर्बभन्दा बढी लागतमा बनेको भैरहवास्थित अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलले यतिबेल सातामा तीन वटा मात्र उडान गरिरहेको छ । सुरुमा यसलाई सरकारी स्वामित्वका दुई ठूला वाइडबडी जहाजबाट अन्तर्राष्ट्रिय उठान भर्ने बताइएको थियो । जजिरा लगायतका केहि जाहाजहरु पनि फाटफुट यो विमान स्तथलमा अवतरण गरिएका थिए । अहिले अन्तरिक उठान समेत नियमित भएका छैनन् ।
गौतम बुद्धको जन्मस्थल हेर्न आउने र जाने पर्यटक तथा स्थानीयको आउत जावतमा सेवा दिने भन्दै विमानस्थलबाट लुम्बिनीसम्म चलाइएका बिजुली बसको पनि बेहाल छ । मन्त्रीमा नियुक्त भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलेसमेत भैरहवा पुगेर यसलाई एक महिभित्रमा सरकारले नेपाली जहाजसहित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने भनेका थिए । तर, अहिलेसम्म यसको अत्तो पत्तो छैन् ।
नियमित जहाज सञ्चालनका लागि स्थानीय र व्यवसायीले विभिन्न राजनीतिक दलका नेता र सरकारलाई पटक पटक आग्रह गर्दापनि यसको सुनुवाइ भएको छैन् । सरकारले आगन अगाडी विमानस्थल बनाएर पनि सञ्चालनमा नल्याएको भन्दै शुक्रबार पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । उनीहरुले कम्तिमा हप्तामा सात उडान नभए अब विमानस्थल नै चल्न नदिने बताएका छन् ।
मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै व्यावसायिक संस्थाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् । विमानस्थललाई केन्द्रित गरी अर्बौ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरुको लगानी डुब्ने स्थितिमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।
सञ्चालनमा आएको महिनौँ दिन वित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक–एक उडान हुँदै आएको छ । विरोध नगरे केही नहुने परिपाटी नेपालमा बसेकाल आन्तरिक उडानमात्रै गर्दै आएको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए । दर्जन बढि निजी व्यावसायिक संस्थाहरुको ऐकबद्धता रहेको विरोध कार्यक्रम दबाब स्वरुप अहिले शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रम गरे पनि मागहरु सम्बोधन नभए आन्तरिक टर्मिनल पनि बन्द गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले आफुहरुको मागमा सरकार र सम्बन्धित निकायले ध्यान नदिएर विमानस्थलको धावन मार्गमा नियमित धार्न कार्यक्रम राख्ने बताएका छन् । पछिल्लो समयमा आन्तरिक उडान भर्दै आएका कम्पनीका जहाजहरुको सेवासमेत जोखिमपूर्ण देखिएकाले नेपाल आकासमा ल्याएर जहाजलाई अवतरण गराउन अन्तर्राष्ट्रिय कम्पनीहरुले मानिरहेका छैनन् । उनीहरूलाई सरकारले पनिपुर्ण सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन् । यस्तै रहे यो विमान स्थल एक दिन टाट पल्टिएको विमानस्थलमा परिणत हुने व्यवसायीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार