वैदेशिक राेजगारमा ज्यान गुमाएका नेपालीको बीमा रकममा ठगी गर्ने गिरोह पक्राउ
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १५:१६:२६
२४ चैत, काठमाडौं । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई दिइने बिमावापतको रकम खाने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ रहेका छन् । उनीहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वैदेशिक रोजगारका बोर्डका नायब सुब्बा समेत रहेका छन् ।
बीमा रकममा आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो । कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने धन्दा चलाउँथे । त्यसपछि मृतक परिवारका सदस्यलाई उनीहरूले काठमाडौंका होटलमा राखेर सबै कागजात आफैंसँग लिइ बीमाको प्रक्रिया अघि बढाउने र रकम प्राप्तपछि थोरै रकम मात्र मृतक परिवारका सदस्यलाई दिने गरेको खुलेको प्रहरीले जनाएको छ । ठगिनेमा धेरैजसो मधेश प्रदेशका रहेका छन् ।
बीमाबापत् १४ लाख रुपैयाँ पाउँदा परिवारका सदस्यलाई ६ लाखसम्म मात्र दिने गरिएको पाइएको छ । शव नेपाल आइनपुग्ने समय र मिति भने वैदेशिक रोजगार बाेर्डकै कर्मचारीबाट संकलन थरेर धन्दा चलाउँदै आएको खुलेको छ । धन्दा चलाउनेमा ठूलै गिरोह सक्रिय रहेको र एक जनाको शव आउँदा बोर्डका अधिकारीलाई २५ हजार रुपैयाँसम्म दिने गरिएको पाइएको छ । गिरोहले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार