तयारी पूरा नभएको भन्दै बैशाख १६ मा सर्यो फ्लायर्स फिल्म अवार्ड्स
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १५:३१:२०
२४ चैत, इटहरी । कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको ुप्रथम फ्लायर्स फिल्म अवार्ड्सु बैसाख १६ गतेका लागि सरेको छ । सो अवार्ड वितरण कार्यक्रम यहि चैत्र २५ गतेको लागी तय गरिएको थियो । तर, पुर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउदै आयोजक कम्पनी 'ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली'ले एक बिज्ञाप्ति जारी गर्दै यो जानकारी गराएको हो ।
यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेरफेर गरेको छ । जैन भवन बिराटनगरमा गर्ने भनिएको कार्यक्रम अब सिटि प्यालेस बिराटनगरमा हुनेछ । अवार्ड समारोहको मिति यो तेश्रो पटक सरेको हो । यसअघि स्थानिय तह निर्वाचनका कारण पछाडि धकेलिएको कारण कार्तिक ५ गते आयोजना गर्ने भनिएको थियो । तर, सो मितिमा पनि आयोजना हुन नसकेपछि बिराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले चैत २५ को मिति सार्वजनिक गरेको थियो ।
ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्ने यो अवार्डका लागि विभिन्न संघसंस्था, मल्टिनेसनल कम्पनी तथा उच्च अहोदाका ब्यक्तिहरुले चासोका साथ हेरेको र सहयोगको बाचा गरेको समेत परिकल्पनाकार तथा निर्देशक साईमन राजबंशीले जानकारी गराए । सहयोगी संस्थाहरुलाई अनुबन्ध गर्ने क्रम समेत बाकी रहेका कारण पनि मिति परिवर्तन गर्न बाध्य भएको राजबंशीको भनाई छ ।
बिराटनगरमा पुरै तामझाम सहित गरिने अवार्ड शोको नोमिनेसन लिस्ट चाडैं सार्वजनिक गर्ने तयारी आयोजकले गर्दैछ । यस्तै आयोजक टिमका अनुसार प्रदेश १ मा रहेका डान्सरहरुलाई नि-शुल्क कोरियोग्राफी गरेर अवार्ड समारोहमा प्रस्तुती दिने मौका समेत उपलब्ध गराउदैछ, जसको लागी छनौट कार्य समेत भैरहेको छ ।
आयोजकका अनुसार २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपालि चलचित्रहरुबाट बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधामा अवार्ड वितरण गरिने छ ।
प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति, भेषभूषा, संस्कार तथा पहिचान झल्काउने बिभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्धारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार लगिनेछ । अवार्ड समारोहमा राष्ट्रियस्तरका फिल्मकर्मीहरुको जम्बो टोलि ल्याउनलाई भेटघाट गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार