मन्त्रीको गाँठो फुकाउन शीर्ष तहको प्रयास पनि असफल
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १५:४१:४६
२४ चैत्र, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादका कारण पूर्णता पाउन नसकेको मन्त्रिपरिषदलाई पूर्णता दिन बिहीबार साँझ र शुक्रबार विहान शीर्ष तहमा भएका छलफल पनि असफल भएका छन् । कांग्रेसले ८ मन्त्रालयको भाग पाउँदा आफूले तीन मन्त्रालय पनि नपाएको भन्दै असन्तुष्ट बनेको शेखर कोइराला समूहले अझैसम्म नाम दिएको छैन् । कोइराला समूहले जनमत पार्टीले सो मन्त्रालय नलिने भए आफुहरुलाई दिएर तीन मन्त्रालय पुर्याउन माग गरेका छन् ।
कांग्रेसबाट बाँकी मन्त्री पठाउनेबारे सभापति शेरबहादुर देउवाले इतर समूहका नेता डा. खेखर कोइरालालाई निवासमा नै बोलाएर चाँडो मन्त्रीमा पठाउनेको नाम दिन भनेका थिए । सभापतिले सो समुहका मन्त्रीबारे चासो राखेपछि कोइरालाले बिहीबार साँझ सभापति देउवागँग भेटेर छलफल गरेका थिए । धुम्बाराहीमा भएको छलफलमा पनि कोइरालाई दुई जनाको मात्र नाम पठाउँदा विवाद आउने भएकाले पठाउन नसकिएको भन्दै जताबाट भएपनि एक मन्त्रालय मिलाए तीन मन्त्रालय पुर्याउन भनेका थिए ।
जवाफमा सभापति देउवाले दुई भन्दा दिन नसकिएकाले यसैमा लिाएर ना दिन भन्दै अर्को पटकमा यसमा व्यवस्थापन मिलाउँला भनेको एक नेताले बताए । यसै विषयमा शुक्रबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच पनि छलफल भएको थियो । नेता कोइराला शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई बालुवाटार गएका थिए । प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल हुँदा पनि कोइएराले सभापतिले दुई मात्र मन्त्रालय दिएकाले नाम पठाउन समस्या परेको बताएका थिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपाल बहसलाई दिएको जानकारी अनुसार प्रधानमन्त्रीले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको र बाहिर पनि यसले राम्रो सन्देश नगएको भन्दै पार्टी सभापति देउवासँग सल्लाहरु चाँडो मन्त्रीको नाम पठाइदिन भनेका थिए । नेता कोइरालाले सभापति फेरी छलफल गर्ने बताएका थिए ।
कांग्रेसभित्र मुलतः दुई समुह रहेका छन् । यसमा पनि सख्यामा विवाद आउँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालय सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेर सरकारमा सामेल भएका छने भने चार मन्त्री पठाउन बाँकी छ ।
देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । गुरुङ र लिम्बुलाई मन्त्री बनाउने देउवाको संकेत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखेपछि यसलाई मिलाउन कांग्रेसभित्र कसरत भइरहेको छ । अब कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ । आफ्नो पक्षबाट नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार