रवि लामिछनेको राहदानीमा मुद्दा नचल्ने निर्णय विधिसम्मत भएकाे महान्यायाधिवक्ता पोखरेलको स्पष्टोक्ति
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १६:१:६
२४ चैत, काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय दबावमा नगरेको स्पष्ट पारेका छन् ।
आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लामिछानेको मुद्दा कसैकाे दबाब नभइ विधिसम्मत र प्रक्रियागत रुपमा नै टुंगिएको दाबी गरे ।
उनले छानबिन प्रक्रियागत तवरबाटै टुंगिएको र राजनीतिक सौदावाजी र दबाबमा निर्णय नभएको बताउ । कतिपयलाई महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लागेको हुनसक्ने भन्दै आफूले विधि र प्रक्रियाअनुरुप नै निर्णय गरेको बताए ।
अमेरिकी राहदानी कायमै रहेका बेला लामिछानेले नेपालमा रहँदा नेपाली नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाएर राहदानी दूरपयोग गरेको विषयमा काठमाडौं प्रहरीले एक महिनाभन्दा बढी समय लिएर अनुसन्धान सकेर मुद्दा चलाउन नपर्ने निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । सोही आधारमा वकिलको कार्यालयले महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध सिन्धुलीका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गराएका थिए । रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलले मुद्दा नचलाउनुको कारण पेस गर्न महान्यायाधिवक्ताको कार्यालयलगायत ८ विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिटको अन्तिम टुंगो लाग्न बाँकी नै छ ।
उता, लामिछाने भने आउँदो वैशाख १० मा चितवन २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार