गोनाही नगरपालिका मेयर साहलाई पक्राउ गर्ने बाटाे खुल्याे
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १६:२२:४
२४ चैत, काठमाडौं । नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिएको अभियोगमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको निवेदनमा जिल्ला अदालत रौटहटले पक्राउ पुर्जी जारी गरेको छ । यससँगै मेयर साहलाई पक्राउको तयारीमा प्रहरी लागेको छ ।
उनको नाममा मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रमा परीक्षा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षा दिंदै गरेका नक्कली परीक्षार्थी सोही जिल्लाको गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह आइतबार पक्राउ परेपछि उनको कर्तुतको भेद खुलेको थियो । त्यसपछि कानूनबमोजिम जिल्ला अदालतबाट पक्राउ अनुमति लिन प्रहरीले अदालतमा निवेदन दिएको थियो ।
घटनाबारे छानबिनका लागि बाटो खुलेको र मेयर साहलाई छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले बताए । पक्राउ परेका कमल रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी रहेको पाइएको छ । अभियुक्त कमलले मेयर साहले नै आफूलाई परीक्षा दिन लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । परीक्षा दिइरहेका कमलमाथि शंका लागेर चेकजाँच गर्दा उनी मेयर साहको सट्टा परीक्षामा सामेल भइरहेको पत्ता लागेको थियो । कमल नाताले कानूको ज्वाइँ हुन् ।
यही बुधबार र बिहीबार गरी मोरङको सुन्दरहरैँचालगायत क्षेत्रका परीक्षा केन्द्रहरुबाट २ सय भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अापफ्नाे परीक्षा अरू व्यक्ति लगाएर परीक्षा दिन लगाउने सक्कली परीक्षार्थीहरु पनि पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार