लाखौँ रुपैयाँ ठगी गरी एक महिला फरार
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १६:३४:२९
♦ इन्दीप कोइराला
२४ चैत, बारा । बाराको निजगढ नगरपालिका–९ की एक महिलाले लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम प्यान्सी पसल सञ्चालन गर्दै आईरहेकी निलु नामले परिचित मनिला गौतमले दर्जनौँ महिलासँग लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।
फरार ३३ वर्षिया मनिला गौतमले विभिन्न महिलाहरुसँग थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनको लागि पैसा आवश्यक परेको भन्दै रकम मागेको पीडित महिलाहरु बताउँछन् । व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफुसँग लाखौँ मागेको निजगढ ९ बस्ने रंजिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ टिफर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसंग पैसा सापटी लिएकी थिइन्।
यस्तै गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौं रकम लिएर फरार भएको पीडितहरूको भनाई छ । गौतमले छिमेकी तथा आफन्तसंग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिईको बताईएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।
गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । ‘छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ’ पीडित रञ्जिता कुमारी श्रेष्ठले भनिन् । जिल्ला प्रहरी कार्यालय बारामा गौतमविरुद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार