मेयर बालेनलाई गैरीगाउँ सुकुम्वासी बस्तीमा अवरोध
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १६:४४:४९
२४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई गैरीगाउँमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्यमा पनि अवरोध गरेका छन् ।
शुक्रबमर तीनकुनेनजिक पर्ने गैरीगाउँको सुकुम्बासीका बस्ती खाली गराउन महानगरका सुरक्षाकर्मीसहित पुगेको डोजरलाई बस्तीका मानिसहरुले बाटो बन्द गराएर रोकेका छन् ।
महानगरपालिकाका मेयर बालेनले सुकुम्बासीको नाममा अवैध रुपमा बस्ती बसाएको भन्दै त्यहाँका संरचना भत्काउन दिउँसो डोजर पठाएका थिए । तर सयौंको संख्यामा जम्मा भएका ‘सुकुम्वासी’हरुले बस्ती पुग्ने बाटोमै आएर ढुंगा, बाँस जम्मा गराएर बाटो बन्द गराएका छन् । उनीहरूले टायर बालेर मेयर साहकाे चर्काे विराेध गरिरहेका छन् । हातमा लाठी, ढुंगा लिएर उनीहरू सडकमा निस्किएका छन् । अहिले उक्त क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।
यसअघि थापाथलीस्थित बाग्मती किनारामा रहेका करिब ३ सय बढी ‘सुकम्वासी’लाई अवैध बस्तीबाट हटाउन डोजर चलाउन गरिएको बालेनको प्रयास सफल हुन सकेको छैन । त्यहाँको बस्ती हटाउन डोजरसहित पुगेका महानगरका प्रहरीमध्ये २५ जना बस्तीका मानिसहरुबाट भएको संघातिक आक्रमणबाट घाइते भएका थिए । पछि महानगरको उजुरीमा दुई जना आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार