नेपाली सेनाको सर्भर ह्याक, आरोपमा स्याङजाका युवक पक्राउ
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १६:५६:१४
२४ चैत, काठमाडौं । नेपाली सेनाको सर्भर ह्याक भएको छ । सभर्र ह्याक गरेको आरोपमा स्याङजाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ढकाल पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी रहेको खुलेको छ । उनले सेनाको सर्भरमा अनधिकृत तवरले प्रवेश गरेर क्षति पुर्याएको पुर्याएको आरोप लगाइएको छ ।
‘नेपाली सेनाले आफ्नो साइबर स्पेसमा कसैले अनधिकृत पहुँच पुर्याएको भन्दै दिएको सूचनाका आधारमा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा ढकाललाई पाेखराकाे बाटुले चाैरबाट बिहीबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रमुख एसपी पशुपतिकुमार रायले शुक्रबार एक सूचनामार्फत जानकारी दिएका छन् ।
ढकालले सेनाबाट विवरण लगे नलगेको भन्ने विषय खुल्न बाँकी रहेको ति उनले जनाए । उनीमाथि आवश्यक अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट अनुमति पाएको छ ।
उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । उनले आफू बसेका घरबेटीको इन्टरनेट प्रयोग गरेर सर्भरमा प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताइएको छ ।
यही बुधबार र बिहीबार गरी मोरङको सुन्दरहरैँचालगायत क्षेत्रका परीक्षा केन्द्रहरुबाट २ सय भन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सक्कली परीक्षार्थीहरु पनि पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार