नक्कली परीक्षार्थी पक्राउपछि माेरङमा २४८ जना परीक्षामा अनुपस्थित
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १७:३६:५
२४ चेत, विराटनगर । जारी एसईई परीक्षाका क्रममा २ सयभन्दा बढी संख्यामा ‘नक्कली’ विद्यार्थी पक्राउ परेपछि शुक्रबार मोरङका विभिन्न परीक्षा केन्द्रमा गरी २४८ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
बुधबार र बिहीबार दुई दिनमा जिल्लाका सुन्दरहरैचा, सरस्वती माध्यमिक विद्यालय ग्रामथान, सार्वजनिक माबी केराबारी, सूर्योदय माबी कदमाह र सरस्वती माध्यमिक विद्यालय दादरबेरियासहित ५ वटा परीक्षा केन्द्रमा शुक्रबार यो संख्यामा एसईईका परीक्षार्थी अनुपस्थित भएका हुन् ।
अनुपस्थितमध्ये १७९ जना खुला शिक्षा तर्फका परीक्षार्थी रहेका छन् । एसईईको आज अनिवार्यतर्फ स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा थियो ।
१७९ जना खुला शिक्षा अन्तर्गतका परीक्षार्थी अनुपस्थित रहेको पाइएको शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले जानकारी दिए ।
पाँच वटा परीक्षा केन्द्रमा गरी जम्मा २४८ अनुपस्थित रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए ।
सुन्दरहर्रैचालगायत क्षेत्रका केन्द्रबाट बिहीबार एकैदिन १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ परेका थिए । सुनसरीका सुस्मिता लिम्बूसहित दुई जनालाई बुधबार कल्पना लिम्बूको नाममा अनिवार्य विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
सबैभन्दा बढी केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ र त्यसपछि ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षाको आरोपमा पक्राउ परेका थिए । एक विषयको परीक्षा लेखिदिएबापत ३ हजार रुपैयाँसम्म लिने गरिएको पक्राउ परेका नक्कली परीक्षार्थीहरुले बताएको प्रहरीको भनाइ छ ।
सुन्दरहरैँचाको जनता माध्यमिक विद्यालयबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । नक्कली परीक्षर्थीले लेखेको सबै परीक्षा रद्द गरिने शिक्षा समन्वय इकाई मोरङ मोरङका प्रमुख गौतमले बताए । प्रहरीले सक्कली परीक्षार्थीहरुको पहिचान गर्ने र खोजी कार्य भइरहेको जनाएको छ ।
यता, रौतहटको गोनाही नगरपालिका मेयर प्रेमलाल साह कानूलाई जारी परीक्षामा ज्वाइँलाई नक्कली परीक्षा बनाएर आफ्नो परीक्षा दिन लगाएको आरोपमा छानबिन गर्न पक्राउका लागि जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ । उनको खोजी भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार