मेयर सिंहको एक्सन, वर्षौंदेखि रामजानकी मन्दिर अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर
आबिद हुसेन
चैत २५, २०७९ शनिबार १७:१८:११
२५ चैत, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको वडा नं।१० स्थित घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।
आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत बीरगञ्जमा दिएको रिट अस्वीकार भएसँगै महानगरले कथित पुजारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको संरचना डोजर लगाएर हटाएको हो ।
गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो ।
गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए । महानरपालिकाका प्रमुख राजेशमान सिंहले मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान नै चलाएर अहिले अतिक्रमण हटाउँदै आउनु भएको छ ।
अतिक्रमण हटाउन महानगर प्रमुख सिंह आफैं डोजरसहित पुगेका थिए । वि।सं।१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको यो जग्गामा कथित पुजारी तिवारीले गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडा लगाएका थिए ।
अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने महानगर प्मुख सिंहले बताए । वर्षौंदेखिको अतिक्रमण हटेसँगै स्थानीय खुशी भएर महानगर प्रमुख सिंहलाई धन्यवाद दिँदै लड्डु बाँडेका थिए ।
अतिक्रमण हटाउन महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा न १० का वडा अध्यक्ष सुशील कुमार कानु, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिवसत्यराज घिमिरे , जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँ समेतको टिम अतिक्रमित स्थान पुगेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार