कोशी प्रदेशका सांसदमाथि दुर्व्यवहार गर्ने ‘पहिचानवादी’ ४ युवाको रिहाई
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार ९:२३:४३
२५ चैत, खोटाङ । प्रदेश सांसदलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् । कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहारको कोशिश गरेको आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले छाडिदिएको हो ।
जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा चलिरहेको बखतमा सप्तमणि राई, सुनिल चाम्लिङ, युगसन किरात, डार्विन चाम्लिङले सांसद राईलाई लक्षित गरेर नाराबाजी तथा कालो झन्डा देखाएका । सदरमुकाम दिक्तेलमा आयोजित सभामा सांसद राईलाई लक्षित गरेर दुर्व्यवहार गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मन्जिल मुकारूङले कोशी प्रदेश नामाकरणमा सहमति जनाएको भन्दै सांसद राईको बिरुद्धमा नाराबाजी र कालो झन्डा देखाएका कारण पक्राउ परेका चारैजनालाई छाडि सकिएको बताए ।
प्रदेश १ लाई कोशी प्रदेशमा नामकारण गरेको भन्दै पुर्वी पहाडी जिल्लामा पहिचानवादी आन्दोलनकारीहरुले सो प्रदेशका सांसददेखि मन्त्रीहरुविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार