भारतीय कानुन मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार ९:३०:२०
२६ चैत, नयाँ दिल्ली । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ । जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो ।
सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरु पूर्ण रुपमा सकुशल छन् । प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको रामबन जिल्लामा शनिबार भएको हो ।
यो घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा किरण रिजिजु बसेको कारलाई ट्रकले ठक्कर दिएको देखिन्छ । ठोक्किएपछि किरेन रिजिजुको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सो कारतर्फ दौडिरहेको देखिन्छ । सुरक्षाकर्मी कारको नजिक पुग्ने बित्तिकै किरेन रिजिजु आफ्नो कारबाट निस्केर उठ्छन्।
यो भिडियोमा रिजिजुलाई हेर्दा उनलाई कुनै चोट लागेको छैन । उनीसँगै कारमा सवार अन्य व्यक्ति पनि सकुशल छन् । अहिले स्थानीय प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ ।
यस दुर्घटनाको केही समय अघि किरण रिजिजुले एक ट्वीट मार्फत आफ्नो यात्राको जानकारी दिएका थिए। उनले आफ्नो ट्वीटमा लेखेका थिए, ‘म अहिले जम्मुबाट उधमपुर जाँदैछु । त्यहाँ कानुनी सेवा शिविरमा सामेल हुनु पर्नेछ। यस कार्यक्रममा म बाहेक धेरै जजको टोली पनि सहभागी हुनेछन्। यतिबेला, म पनि यो यात्रामा उत्कृष्ट सडकको आनन्द लिइरहेको छु।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार