विराटनगरमा नयाँ प्रजातिको माछा फेला
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार ११:२६:५७
२६ चैत, मोरङ । विराटनगरको पूर्वी सीमानामा पर्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । फेला परेका माछा नेपालमै पहिलोपटक देखिएको अनुसन्धानकर्ताहरुले दाबी गरे छन् । २०७८ मंसिरदेखि २०७९ असोजसम्म झापा र मोरङका ५ वटा नदीमा खोज—अनुसन्धान गरेको थियो । सो क्रममा नयाँ प्रजातिको माछा फेला उनीहरुले बताएका छन् ।
उक्त माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो । विराटनगरकै अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी,भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशी नागरिक जीनक्वान याङ र चेनहोङ लीको संयुक्त टोलीले उक्त माछा विराटनगरको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरुमा १० वटा पफेला पारेको जनाएको छ ।
यो माछा नेपालमा नयाँ रहेको जनाउँदै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ जुलोजीमा २०२३ को भोल्युममा प्रकाशित भएको छ । यो माछा दक्षिण एशिया क्षेत्रमा विरलै पाइने बताइन्छ । सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीमा अरुणाचल प्रदेशमा पहिलोपटक यो माछाको रेकर्ड गरिएको थियो ।
यो माछा निकै सानो आकारको हुन्छ । यसको लम्बाइ चारदेखि नौ सेन्टिमिटर र तौल ३० ग्रामभन्दा कम हुन्छ । यसका आनीबानी, आहारबिहार, प्रजनन् आदिको गहिराइमा अध्ययन भइरहेको जनाइएको छ । एम्ब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा छन् ।
वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँ आयाम थपिएको छ चीनमा माछाकै विषयमा विद्यावारिधी गरिरहेका प्रमुख अनुसन्धानकर्ता जसहाङ लिम्बूले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार