अशक्त तथा आपाङ्गता भएका व्यक्तिलाई सीडीओ निरौलाले घरमै पुगेर दिइन् नागरिकता
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १२:२:४३
२६ चैत, मन्थली । रामेछापकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनिता निरौलाले अशक्त, अपंगता भएका र वृद्धवृद्धाका घरघरमै पुगेर नागरिता प्रमाणपत्र वितरण गरेकी छन् । नागरिकलाई सहज रुपमा सेवा दिने अभियानअन्तर्गत जिल्लाका रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरेकी हुन् ।
नागरिकलाइ सहजरूपमा सरकारी सेवा प्रदान गर्ने अभियानअन्तर्गत शनिबार फरक क्षमता भएका हिमगंगाका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई घरमै पुगेर नागरिकता प्रदान गरिन् । नागरिकता नहुँदा सुनुवारले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुँदै आएकी छिन् । उनीहरुले सदरमुकाम मन्थलीस्थित सीडीओ कार्यालय पुग्न कठिन हुन नागरिकता प्राप्त गर्न सकेका थिएनन् । नागरिकता प्राप्तसँगै उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ ।
प्रजिअ निरौलाले आफू जिल्लावासीको सेवा गर्न दुर्गम जिल्ला रामेछाप आएको बताइन । नागरिकलाई सहजरुपमा सेवा पुर्याउने कुरामा प्रतिवद्ध रहेको बताउँदै जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए, घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन आग्रह गरिन् ।
रामेछाप नगरपालिकाका नगर उपप्रमुख बालकुमारी कार्कीले लामो समयको प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई घरमै पुगेर नागरिकता दिलाउन सफल भएको प्रतिक्रिया दिइन् । सीडीओ कार्यालयले बेलाबेला घुम्ती शिविरमार्फत संचालन गरेर गाउँगाउँमा नागरिकता वितरण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार