नियमित उडानमा चढेपछि समाचार बने प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १२:४९:९
२६ चैत, काठमाडौं । आइतबार बुद्ध एयरको नियमित उडानबाट सुदूरपरश्चिम प्रदेशको यात्रामा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाजबाट ओर्लिन नपाउँदै उनकाबारे विभिन्न टिक्का टिप्पणीसहितका समाचारहरुले स्थान पाएका छन् । खासमा प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग हुन केहि राजनीतिक भेटघाटमा लागि बुद्ध एयरको नियमित उडानमार्फत कञ्चनपुर गएको उनको सचिवालयले जनाएको छ ।
उनी बुद्ध एयरमा चढेको फोटो उनकै स्वकीय सचिव रमेश मल्लले आफ्नो फेसबुक पेजमा राखेपछि प्रधानमन्त्रीले सरकारी खर्च घटाउने उदेश्यले हेलिकोप्टरको प्रयोग नगरेको बताएका छन् । सरकारी खर्चमा चरम दुरुपयोग भएका कारण अर्थतन्त्रमा समस्या आएको भन्दै अर्थतन्त्रलाई सुधारमा ल्याउने प्रक्रिया अन्तर्गत प्रधानमन्त्री प्रचण्डको कदमको सुरुवात भएको र सरकारी फजुल खर्चमा कमि ल्याउने काम आफैबाट सुरु गरेको टिप्पणी कतिपयको छ ।
केहि राजनीतिक कर्मीहरुले पनि सरकारले खर्चमा मितव्ययिता ल्याउने भन्दै सरकारले सार्वजनिक खर्चमा १५ प्रतिशत कटौति गर्ने लक्ष्य लिएकाले प्रधानमन्त्री प्रचण्डले पनि अत्यावश्यभन्दा बाहेकका काममा जाँदा खर्चिलो हेलिकोप्टर चढ्नुभन्दा नियमित आन्तरिक उडानबाट पुगिने क्षेत्रमा यसैलाई प्रयोग गरेर जाने नीति लिएको दावी गरेका छन् । प्रधानमन्त्रीले उपत्यकाबाहिर जाँदा नियमित जहाजको उडानबाट जाने र भरसक दिउँसोका खाजा खानामा पनि धेरै खर्चगर्ने परिपार्टीलाई अन्त्य गर्ने प्रयासको आफैबाट पहल थाल्नुपर्ने कतिपयको सुझाव पनि छ ।
आइतबार प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत् बिहान धनगढी हुँदै कञ्चनपुर पुगेर पूर्वमाओवादी लेखराज भट्टको निवासमा पुगेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । त्यहाँ प्रधानमन्त्री र भट्टबीच सुदूपरश्चिम प्रदेशकाबारे केहि छलफल गर्ने कार्यक्रम छ । केहिबेर अघि पूर्वमाओवादी नेता लेखराज भट्टको निवास पुगेका प्रचण्ड विहान एउटै जहाजमा गएको भएपनि तर, बोलचाल भने नभएको भनिएको छ । मल्लले आज प्रधानमन्त्रीले केही राजनीतिक भेटघाट र पार्टी निकट नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बताए ।
माओवादीमा हुँदा भट्ट प्रचण्डका विश्वासपात्र थिए । भट्ट एमालेतिर लागेपछि उनीहरू दुवैले एकार्काको आलोचना गरेका थिए । यसअघि विमानस्थलमा भेट हुँदा समेत उनीहरू एकापसमा नबोलेको विषयको समचारमा पनि आज प्रथमिकता पाएको छ । धनगढी विमानस्थलको विशिष्ट कक्षमा पनि उनीहरुबीच कुराकानी नभएको बताइएको छ । विशिष्ट कक्षमा पुगेलगत्तै प्रचण्ड पत्रकार सम्मेलनम व्यस्त भएका कारण बोलचाल नभएको कतिपयको भनाइ छ ।
केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले नेपालीहरको पाहुँनालाई सत्कार गर्ने परम्परा भएकाले अहिले एमालेका सचिव सचिव रहेका लेखराज भट्टले पनि प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न बाध्य हुनुपरेको टिप्प्णी गरेका छन् भने केहिले जे पनि गर्छु भनेर आश्वासन दिने प्रधानमन्त्री प्रचण्डले काम भने केहि पनि नगर्ने भएकाले उनले यो खर्च कटौतिका लागि नै प्रयास थालेको हो भनेर भन्न नसकिने प्रतिक्रिया दिएका छन् । जे होस प्रधानमन्त्री प्रचण्डको बुद्ध एयरको यात्राले समचारमा भने राम्रा र नराम्रा दुबै पक्षमा प्राथमिकता पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार