पोखरामा ब्रिजकोर्स सञ्चालनमा प्रतिबन्ध, विद्यालयबाटै किताब बिक्रीमा पनि बन्देज
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १३:०:३०
२६ चैत, पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्र कक्षा ११ को भर्नाको लागि शुल्क लिएर संचालन गरिने अतिरिक्त शैक्षिक कार्यक्रम (ब्रिज कोर्स)मा प्रतिबन्ध लगाएको छ ।
नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले महानगरपालिका क्षेत्रमा त्यस्ता ब्रिज कोर्स चलाउन रोक लगाउन निर्णय गरेको हो ।
साथै बैठकले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको छ । महानगरभित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यस्तो निर्णय लिएको महानगरका मेयर धनराज आचार्यले बताए ।
बैठकबाट सार्वजनिक गरेको निर्देशिकामा विद्यालय शिक्षा नियमावलीमा उल्लेखित शीर्षकबाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कवापत् अधिकतम् २ महिनाभन्दा बढीको शुल्क लिन नपाइने, शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट सुरु गर्नुपर्ने निर्णय लिएको छ ।
यस्तै विद्यालय आफैँले किताब किताब बेच्न नपाउने निर्णय भएको छ ।
विद्यालय क्षेत्रको सय मिटर दूरीभित्र सूर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न पनि निषेध गरिएको पालिका कार्यालयले जनाएको छ । विद्यलाय बस संचालन गर्नेबारे पनि नयाँ निर्णय लिइने कार्यालयले जनायो । साथै २० वर्षभन्दा पुराना सवारी साधन विद्यार्थी बोक्ने काममा प्रयोग गर्न नपाउने निर्णय पनि गरेको छ ।
विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि पोखरा महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ । एसईई सकेलगत्तैदेखि विभिन्न शैक्षिक परामर्शदाता र ट्यूसन सेन्टरहरुले आगामी कक्षा ११ को भर्नामा सघाउ पु्याउन भन्दै चर्को शुल्क लिएर विभिन्न फ्याकल्टीमा ‘ब्रिज कोर्स’ संचालन गर्दै आएका थिए ।
महानगरकाे यस्ताे निर्णयले शिक्षाकाे नाममा हुने लुटधन्दा कम हुने विश्वास लिइएकाे छ । याे धन्दा काठमाडाैंमा बग्रेल्ती चल्दै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार