विद्यार्थीलाई किताब र पोशाक बेच्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
कारवाहीको जवाफदेही प्रिन्सिपल हुनुपर्ने
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १४:२८:२०
२६ चैत, काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाभित्र संचालित विद्यालयहरुले विद्यार्थीलाई किताब र पोशाक बिक्री गरेमा कारवाही भोग्नु पर्ने भएका छन् । महानगरको शिक्षा विभागले हालै संस्थागत सम्पूर्ण विद्यालयहरुलाई परिपत्र गर्दै यस्तो बताएको हो ।
विभागका अधिकारी रामप्रसा सुवेदीद्वारा प्रेषित परिपत्रमा संस्थागत विद्यालयहरूले किताब र पोशाक बेचेको गुनासो आइरहेको जनाउँदै संस्थागत विद्यालय मापदण्डा तथा संचलान निर्देशिका २०६९ले गरेको विद्यालयले आफैंले किताब बेच्न नपाउने र विद्यार्थीहरुलाई ड्रेसकोड उप्लब्ध गराउनुपर्ने व्यवस्था भइरहेकोमा सचेत गराइएको छ । निर्देशिका भएका सम्पूर्ण व्यवस्था पालना गर्न परिपत्रमा भनिएको छ ।
नियम उल्लंघन गरेको पाइएमा त्यस्ता विद्यालयलाई कानूनबमोजिम कारवाही गरिने समेत परिपत्रमा स्पष्ट पारिएको छ । कारवाही गरेबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी विद्यालयका प्रिन्सिपल हुने समेत अधिकारी सुवेदी स्पष्ट पारेका छन् । कक्षा १२ सम्मलाई विद्यालय तह मानिन्छ ।
यसैबीच महानगरका मेयर बालेन साहले आइतबार आफ्नो फेसबुक पेजमा सन्देश लेख्दै विद्यार्थीलाई विद्यालयकोा तर्फबाट किताब र पोशाक बिक्री नगर्न आग्रह गर्दै निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ’ उनले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार