धेरै रकेट प्रहार गरेपछि इजरायल–सिरियाबीच द्वन्द्व बढ्यो
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १५:२७:१
२६ चैत, एजेन्सी । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ ।
सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ ।
शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो । सन् १९६७ मा भएको छ दिन लामो युद्धमा इजरायलले सिरियाली भूमि गोलान हाइट्स आफ्नो नियन्त्रणमा लिएको हो । यद्यपि अन्तरराष्ट्रिय सुमदायले त्यसलाई मान्यता दिएको छैन ।
मुसलमानहरूको पवित्र महिना रमजान, यहुदीहरूको निस्तार र इशाईहरूको इस्टर चाडका बेला मध्यपूर्वमा हिंसात्मक घटनामा वृद्धि भएको छ । गत बुधबार अलअक्सा मस्जिदमा प्रवेश गरी इजरायली प्रहरी मखुण्डो लगाएका तीन सय पचास जनालाई पक्राउ गरेपछि अशान्ति झन बढेको छ । त्यसको भोलि लेबनानबाट ३० भन्दा बढी शृङ्खलाबद्ध रकेट प्रहार भएका थिए । त्यसपछि इजरायलले गाजा र दक्षिणी लेबनानमा बमबारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार