सिंहदरबारभित्रको फोहोर उठाउन बन्द
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १५:५७:१
२६ चैत, काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ ।
महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शनिबार फोहोर नउठाउने सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेसँगै सिंहदरबारको फोहोर उठाउन बन्द भएको हो ।
‘सिंहदरबारको फोहोरबारे वडामा छलफल नभएपनि रोकिएको जानकारी आफूलाई नभएको महानगरको ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले बताए । मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको फोहोर मैला व्यवस्थापन संघ स्रोतले जनायो । सिंहदरबारको फोहोर महानगरले उठाएर धादिङ र नुवाकोटको सीमा क्षेत्र बञ्चरेडाँडा व्यवस्थापन गर्दै आएको छ ।
मेयर साहले सरकारले महानगरको जनपक्षीय काममा असहयोग गर्दै आएको आरोप लगाउँदै आएका छन् । उनले थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती हटाउने महानगरको योजनामा सरकारले सहयोग नगरेको बताउँदै आएका छन् । दुवै स्थानमा सुकुम्वासीको नाममा अवैध वस्ती बसाएको भन्दै हटाउन महागरले गरेको पटकपटकको प्रयास सफल हुन सकिरहेको छैन । हटाउने महानगरको टोली डोजरसहित पुग्दा प्रतिकार गरेपछि पछि हट्दै आइरहेको छ । हटाउन सुरक्षाकर्मी उप्लब्ध गराउन साहले सरकारसँग बारम्बार आग्रह मात्र नभई पत्राचार समेत गर्दै आएका छन् । तर सरकारले नसुनेझै गर्दै आएको छ ।
महानगरले टुकुचा खोलामाथि बनाएका घर टहरा पनि हटाउन अभियानकै रुपमा काम अगाडि बढाने खोजे पनि सफलता पाउन सकेको छैन ।
थापाथलीमा त महानगरका प्रहरी नै घाइते भएका थिए । प्रहरीलाई घाइते तुल्याउने आक्रमणकारीलाई कारवाही समेत नभएको भन्दै मेयर असन्तुष्ट छन् ।
गएको शुक्रबार गैरीगाउँस्थित वाग्मती किनारका अवैध बस्ती हटाउन खोज्दा बस्तीबाट भएको प्रतिकारका कारण महानगरको टोली डोजरसहित खाली हात फिर्ता हुनु परेको थियो । त्यसको दुई दिनपछि नै केन्द्र सरकारको प्रशासनिक केन्द्र सिंहदरबारभित्र जम्मा पारिएकाे फोहोर उठ्न छाडेको हो ।
फेसबुकमा साहले ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’ लेखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार