सन्दीपविरूद्धकाे मुद्दामा पीडितकाे स्वास्थ्य परीक्षण गर्ने चिकित्सकसहित ३ साक्षी झिकाउन आदेश
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १६:१२:४२
२६ चैत, काठमाडौं । एक नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सरकारी साक्षी बुझ्न आदेश भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो ।
लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएका थियो । साथै पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि वकपत्रका लागि झिकाउन आदेश भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक बिदामा रहेका बेला उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनः वकपत्र गराउन आदेश भएको हो ।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशबमोजिम उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
त्यसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म जेलमा पठाएपनि सन्दीपको निवेदनमा उच्च उदालत पाटनले २० रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सन्दीप अहिले क्रिकेट राष्ट्रिय टिममा समावेश भएर खलिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार