महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा झर्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १७:२५:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/mahinawari_kjAoUZ6MSO_nZKQeE7lrL.jpg)
२६ चैत, रामपुर 'पाल्पा' । यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ ।
विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी प्याड अभावको समस्या देखाउँदै छात्रा घर जाने गरे तापनि अहिले भने सो समस्या नभएको विद्यालयका लैङ्गिक सशक्तीकरण समिति संयोजक तथा शिक्षक विनिता भट्टराईले बताए । विद्यालयमा सेनिटरी प्याड जुनसुकै समयमा उपलब्ध हुन थालेपछि बीचमै कक्षा छाडेर घर जानेक्रम अहिले शून्यमा रहेको उनले बताए ।
“पहिला महिनावारी हुँदा लाज र डरका कारण बताउन नसक्ने, महिनावारी भएपछि विद्यालय नआउने, विद्यालयमा आएर महिनावारी भएमा बीचमै कक्षा छाडेर घर जाने प्रचलन थियो”, शिक्षक भट्टराईले भने, “अहिले भने सो दर शून्यमा ल्याउन सफल भएका छौँ ।”
महिनावारीका बेला केही समस्या परेमा विद्यालयभित्रै स्वास्थ्य कक्षसहित एकजना स्वास्थ्यकर्मी 'नर्स शिक्षक' को व्यवस्थाका साथै जुनसुकै समयमा पनि प्याड प्रयोग गर्ने सक्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । उनका अनुसार एक÷एक महिनाको अवधिमा सेनिटरी प्याडलाई खाल्डोमा माटोले पुरेर राख्ने गरिएको छ ।
“अहिले महिनावारीको समस्या देखाएर विद्यालय नआउने समस्या छैन । छात्रा महिनावारी हुँदा निर्धक्कसँग समस्या बताएर घर जाने गरेका छन्, नियमित विद्यालय आउने वातावरण तयार पारेपछि उनीहरुमा आत्मबल बढ्नुका साथै डर, त्रास हटेको छ”, उनले भने ।
विद्यालयमा हाल ४५ शौचालय प्रयोगमा छन् । जसमध्ये पाँच छात्रामैत्री शौचालय सेनिटरी प्याड व्यवस्थापनका लागि प्रयोगमा ल्याइएको छ । सानादेखि ठूला कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको उचाइअनुसार फरकफरक खालको शौचालय व्यवस्थापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
सामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार