मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १७:५८:१२
२६ चैत, काठमाडौं । मिटरब्याज पीडितहरुको नेतृत्व गरिरहेको किसान संघर्ष समितिद्वारा गठित टोली र सरकारी टोलीबीच वार्ता सुरु भएको छ ।
काठमाडौंको शान्तिवाटिकास्थित फल्चामा सुरु भएको हो । वार्ता जारी छ । वार्तामा मिटरब्याज पीडितको तर्फबाट टोलीले ६ बुँदे मागपत्र प्रस्तुत गरेको छ । जसमा फर्जी तमसुक र, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने, मिटर ब्याजी साहुका सम्पत्ति छानबिन हुनुपर्ने, पीडितलाई न्याय दिन फाक्ष्ट ट्याकबाट कानून बनाउनुपर्ने लगायत माग प्रस्तुत गरेका छन् ।
१८ चैतमा मिटरब्याज पीडितको एक समूहसँग सरकारले ५ बुँदे सहमति गरेपनि उक्त सहमति कमजोर भएको भन्दै २० चैतदेखि फेरि अर्को समूहमा आवद्ध भएर पीडितहरु काठमाडौंमा आएर आन्दोलन गर्दै आइरहेका छन् ।
उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्तामा प्रहरी उपरीक्षक दिनेशराज मैनालीलगायत सदस्यहरु सहभागी छन् ।
समूहले गएको शुक्रबार सिंहदबारको मूल गेटमा प्रदर्शन गर्दा दर्जनौं पीडितहरु पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार