मिटरब्याज पीडित र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १८:२४:५
२६ चैत, काठमाडौं । आइतबार शुरु भएको मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता भोलिसम्मका लागि स्थगित भएकोछ । आजको भएको वार्तामा कुनै ठोस छलफल हुन नसकेपछि भोलि सोमबार बस्ने गरी स्थगित गरिएको पीडित पक्षका वार्ता टोलीकाएक सदस्यले बताए ।
आजको वार्ता शान्तिवाटिकास्थित फल्चामा भएको थियो । वार्तामा पीडित पक्षको तर्फबाट टोलीले सरकारी वार्ता टोलीसमक्ष ६ बुँदे मागपत्र प्रस्तुत गरेको ति सदस्यले बताए । वार्ता भोलि हुने सरकारी वार्ता टोलीका सदस्य गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
पीडितको वार्ता टोलीको नेतृत्व मिटर ब्याज ठगीविरुद्ध संघर्षका लागि गठित किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहा र सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले नेतृत्व गरिरहेका छन् ।
सरकारी वार्ता टोली ५ सदस्यीय रहेको छ भने पीडितहरुले भने १९ सदस्यीय बनाएका छन् । वार्तामा बस्न सानो संख्यामा चुस्त टोली बनाउन सरकारी टोलीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार